एनआरएनए उपाध्यक्ष कुमार पन्तको बढ्यो सक्रियता : पन्त अमेरिकादेखि यूरोप हुँदै जापानसम्मको भ्रमणमा ब्यस्त

काठमाडौं : आगामी अक्टोवरमा  हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशनमा नेतृत्वका दावेदार वर्तमान उपाध्यक्ष कुमार पन्तले पछिल्लो समय आफनो सक्रियता बढाउँदै लग्नुभएको छ । सम्मेलन नजिकिएसँगै विभिन्न देशको भ्रमण गर्दै गैर आवासीय नेपालीसँगको भेटभाट तथा छलफल बाक्लो बनाउनुभएको हो । गत मे  ११ र १२ को एनआरएनएन आसेनीया सम्मेलनलगत्तै आफनो सक्रियता बढाउन थाल्नुभएको पन्तले त्यसपछि झनै सक्रियता बढाउनुभएको हो ।

  दुई कार्यकाल महासचिव र उपाध्यक्ष भइसक्नु भएको पन्तको अबको अन्तिम विकल्प अध्यक्ष नै रहेपछि नेतृत्वको लागि विश्वभरीका गैर आवासीय नेपालीसँगको भेटभाट तथा छलफललाई तीब्रता दिनु भएको बताइएको छ । पन्तले अमेरिका, यूरोप हुँदै एसिया प्याशिफिकको जापानसम्मको भ्रमणमा ब्यस्त हुनुहुन्छ । जापानमा नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघले नागोयामा आयोजना गरेको नेपाल फेस्टिबलमा सहभागि हुन जापान पुग्नु  भएको  छ ।

पन्त गत मे २५ र २६ का दिन अमेरिकामा आयोजना गरिएको युनाईटेड नेप्लिज एसोसिएसन युएनए सम्मेलनमा अमेरिका पुग्नु भएको थियो । त्यस अवसरमा एनआरएनए अमेरिकामा नवनिर्वाचीत कार्यसमितिसँग भेटभाट तथा अन्र्तक्रिया गर्नुभयो । अमेरिकाबाट फर्कीएलगत्तै पन्त बेल्जियममा एनआरएनएनले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभाागि हुनभयो । त्यसपछि प्रधानमन्त्रीको यूरोप भ्रमणको क्रममा स्वीजरल्यान्ड, लन्डन हुँदै फान्सको भ्रमण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसँगै एनआरएनएनको तर्फबाट पन्तले नेतृत्व गर्नुभएको थियो । पन्त प्रधानमन्त्रीको यूरोप भ्रमण नसकिँदै जापान प्रस्थान गर्नुभएको थियो । त्यस्तै पन्त यही जुन २२ तारिखमा क्यानडा जान लाग्नुभएको बुझिएको छ । एनआरएनए क्यानडाले आयोजना गर्न लागेको कार्यक्रममा पन्त सहभागि हुन जान लाग्नु भएको हो ।


प्रकाशित | १ असार २०७६, आईतवार १९:०२