सूर्यविनायकमा एकै दिन १६ आयोजनाको निरिक्षण: कहाँ कहाँ भयो निरिक्षण ?

भक्तपुर: जिल्लाको सूर्यविनायक नगरपालिकामा विभिन्न आयोजनाहरुको निरिक्षण भएको छ । नगपालिकाअन्र्तगत तीन वटै तहका सरकारद्वारा निर्माण गरिएका आयोजनाहरुको निरिक्षण गरिएको हो ।

निरिक्षण गरिएको आयोजनाहरुमा सूर्यविनायक नगरपालिका ३ नं. वडाको च्वामु सडक, सरस्वती मन्दिर, पानीट्याङ्की–सिरुटार जाने सडक, थिमीदेखी गणेश मन्दिर जाने सडक, दवाडी टोल–प्रेसस स्कुल जाने सडक, बालकोट सूर्यचोक–खुकाडोल हुँदै विरुवा जाने सडक, सल्लघारी–कटुञ्जे–चित्रपुर हुँदै लुभु जाने सडक, चित्रपुर उकालो जाने सडक, बालकोट पानीट्याङ्ककीबाट गाम्चा जाने राजकुलो सडक, गाम्चा सिकारीटारबाट तर्खगाल जाने सडक, तर्खगाल–गुण्डु– दधिकोट जाने सडक, पात्लेटार–अनन्तलिङ्गेश्वर जाने सडक, चरखण्डी–पात्लेटार जाने सडक, बालकोट हुँदै गोदावरी चाँगाथली सडक, सूनपा १ र २ जोड्ने पुल, गोदावरी खोलामा निर्माणधिन करिडोर लगायतका रहेका छन् ।

भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतको नेतृत्वमा भएको निरिक्षणमा सूर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी बस्नेत, सम्बन्धीत ठाउँका जनप्रतिनिधि, सम्बन्धीत सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी लगायतका जिम्मेवार व्यक्तिहरुको सहभागीता रहेको थियो ।


प्रकाशित | १ असार २०७६, आईतवार १२:१०