एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : रावल

काठमाडौं – नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा गरेर एमसिसी पारित गरिनु जनता झुक्याउने काम मात्रै भएको बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं रावलले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्धार ठहर्ने बताउँदै एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताउनु भयो ।

रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गर्नु भयो।

एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै उहाँले जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार्न नसक्ने बताउनु भयो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १५:३३