भक्तपुरले विकासमा फड्को मारिसक्यो: महेश बस्नेत

भक्तपुर : पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब भक्तपुरको विकास कसैले रोक्न नसक्ने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थितीत काँक्रावारीमा सडक शिलान्यास गर्नुहुँदै सांसद बस्नेतले भक्तपुरले विकासमा फड्को मारेको भन्दै अब विकास कसैले रोक्न नसक्ने बताउनुभयो । उहााले भन्नुभयो अब केहि वर्ष विदेश गएको मानिस आफ्नो गाउँ फर्केर आउँदा उसले आफ्नो घर गाउँ चिन्न कठिन हुने गरी विकास हुन्छ ।

आजको लगानी भोलिको भविष्य हुने भन्दै भक्तपुरको मुहार फेर्ने नेकपाको जिम्मा भएको बताउनुभयो । काँक्रावारीमा करोडभन्दा बढी बजेट इतिहासमा नै नआएको बताउँदै नीजि तथा सरकारी क्षेत्रको को सहकार्य नै भक्तपुरको समृद्धि र विकास सम्भव भएको बताउनुभयो ।

उहाँले अब काँक्रावारी कर्णाली नभई विकसित र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने बाउनुभयो । जनताले चाहे विकास गर्न असम्भव नरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका विभिन्न ठाउँहरुमा पर्यटन, इकोभिलेज, होमस्टे, अर्गानिक खेती, प्याराग्याइडिङ, बन्जीजम्प लगायतका कार्यहरु अघि बढेको जानकारी गराउनुभयो । उहाँले खेलकुद, भौतिक संरचनाहरुको विकास तिव्र गतिमा कैलाशपती महादेवदेखी नंखेल जोड्ने उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल नर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं। ८ का वडाध्यक्ष किरण थापा तथा वडा नं। ९ का वडाध्यक्ष उपेन्द्र केसीले स्थानीयवासीको मागलाई सम्बोधन गरेको र आगामी दिनमा काँक्रावारीलाई देशकै अकर्षणको केन्द्र विन्दुको रुपमा विकसित गराउने प्रतिवद्धता जनाउनुभयो ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १८:४६