देशको समृद्धि र विकासमा सहयोग पुर्याउन आमसञ्चारमाध्यमलाई सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकको सम्मृद्धि र विकासमा आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमीका रहेको बताउनुभएको छ । आमसञ्चारमाध्यमले विरोध मात्रै भन्दा पनि रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पु¥याउन पर्नेमा मन्त्री गुरुङको जोड छ । पत्रकारले विरोध गर्ने र माग मात्रै राख्नेभन्दा पनि सिर्जनशील हुनुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, ‘पत्रकारिता क्षेत्र बेरोजगार भएको छ, पलायन भएको छ, आफ्ना मुद्दालाई समीक्षा गर्दै परिवर्तन गरी त्यस क्षेत्रमा देखिएका समस्याबारे महासङ्घले खोजी गर्नुपर्छ, सरकार पत्रकारका जायज माग सम्बोधन गर्न तत्पर छ ।’

मन्त्री गुरुङले ज्येष्ठ पत्रकारको सम्मान, पत्रकार कल्याण कोष, दुर्घटना र स्वास्थ्य बीमा र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनलगायत सञ्चारक्षेत्रका कामलाई सरकारले अगाडि बढाएको बताउँदै मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउँदै विश्वव्यापी र प्रतिस्पर्धी बनाउने सरकारको योजना रहेको जानकारी दिनुभयो ।


प्रकाशित | २ पुष २०७७, बिहीबार ०७:१४