‘जिन्दगी खास’ बोलको गीत रिलिज (भिडियो)

काठमाडौँ : चर्चित गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको “जिन्दगी खास” बोलको गीत रिलिज भएको छ । गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापको एरेंज रहेको छ । समरको करियोग्राफी, अर्जुन तिवारीले छायाँकन गरेको उक्त म्युजिक भिडियोमा नायिका सुपुष्पा भट्ट र रोहित थापाको अभिनय रहेको छ । शान थापाको निर्देशनमा रहेका भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ११:५१