चट्याङ लागेर एक बालिकाको मृत्यु, तीनजना घाइते

डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बुधबार बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत संगीता भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेपछि घाइते भएकी उनलाई उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र मृतक संगीताकी दिदी १५ वर्षीया मीना भाट रहेका छन् । उनीहरुकोको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ११:१७