समृद्ध दोलखा-सुखी दोलखाली बनाउन प्रतिबद्ध छु :नेता शिवाकोटी

दोलखा -नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखा सुखी दोलखाली बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेकपा एमाले मेलुङ गाउँपालीकाको भेलालाई सम्बोधन गर्दै नेता शिवाकोटीले आफुले अहिले चुनाबी प्रचारमा उठाएका मुद्धाका प्रत्यक विषयतुलाई  अक्षरंस पालना गर्ने प्रतिबद्धता ब्यक्ति गर्नुभएको छ ।

दोलखालाई समृद्ध बनाउन आफु विगत देखिनै प्रयासरत रहेको र आगामी दिनमा यसलाई ठोसरुप दिन प्रतिवद्धरहेर काम गर्ने  बताउनुभएको छ । त्यस्तै समग्र दोलखाको समानान्तर विकासमा लागि पर्ने,विगतका अधुराकामहरुलाई सम्पन्न गर्ने ,स्थानीयको समस्या समाधानको लागि स्थानीयकै समन्वयमा कार्ययोजना बनाई अगाडि बढ्ने उहाँले वताउनु भएको छ  ।

२०७४ सालमा बनेको नेकपा एमालेको सरकारले सुरुवात गरेका  कतिपय विकासमा पूर्वाधारहरुको अधुरा कामलाई सम्पन्न गर्न पनि दोलखामा आफुले जित्नै पर्ने भएकाले सबैलाई विकास र सम्बृद्धिको यात्रामा सहयोग गर्न नेता सिवाकोटिले आग्रह गर्नुभएको छ ।


प्रकाशित | ३० आश्विन २०७९, आईतवार १२:१२