‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ। ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक

भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको गीतमा रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाई एम आर क्रियसनले ल्याएको हो। भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार १२:१७