काठमाडौंको शंखमुलमा आगलागीः एक जना घाइते

काठमाडौंः काठमाडौंको शंखमुलमा आगलागी भएको छ । शंखमुलमा रहेको शानदार मःमः पसलमा आगलागी भएको हो । आगलागीमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा रामकृष्ण बुढाथोकी रहेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा बुढाथोकीको अनुहार र दाहिने हातमा चोट लागेको हो । ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनको कीर्तिपुर मोडल अस्पतालमा उपचार भइरहेको छ । पसल टेकनारायण र हिरानायण श्रेष्ठले सञ्चालन गरेका थिए । आगलागीबाट पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार १८:१०