एनआरएनए जापानद्वारा ‘कोरोना भाइरस महामारी सहयोग संयन्त्र’ गठन

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले कारोना भाइरस महामारी विरुद्ध लड्न कोरोना भाइरस महामारी सहयोग संयन्त्र गठन गरेको छ । एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार एनआरएनए जापानले कोरोना भाइरस सहजकर्ताको लागि एलिजा केसी भण्डारीलाई संयोजक मनोनीत गरिसकिएको छ भने भण्डारीकै संयोजकत्वमा कोरोना भाईरस महामारी सहयोग संयन्त्र समेत गठन गरिएको छ ।

गठीत संयन्त्रको सल्लाहकारको रुपमा जापानको उच्चस्तरीय सल्लाहकार समिति सदस्यको रुपमा रहनुहुनेछ । संयन्त्रले नेपालीले भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीको उपायहरुको विषयमा सचेतना गराउनेछ ।

सहयोग संयन्त्रले कोरोनाको विषयमा जापानको हरेक क्षेत्रमा बसोबास गर्नुहुने गैर आवसाीय नेपालीलाई आवश्यक सूचना र जानकारी दिनको लागि निरन्तर सम्पर्कमा सही काम गर्ने महासचिव शाहीले जानकारी दिनुभयो ।

Image may contain: text

No photo description available.


प्रकाशित | १० चैत्र २०७६, सोमबार १६:५८