पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्को भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गर्न सफल भए ।

बुधबार राति भएको फ्रेन्च कपमा केलियन एमबाप्पेको पासमा मार्को भेराटीले खेलको २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुके भने ७२औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटियो । नान्टेसका खालिफा दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

८५औं मिनेटमा पीएसजीले अर्को पेनाल्टीको मौका पाएको थियो । पहिलो पेनाल्टीमा चुकेका एमबाप्पे यसपटक चुकेनन् । ९०औं मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । रेनिसले लियोनलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थन सुरक्षित गरेको थियो । पीएसजीले उपाधिका रेनिससँग २८ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार १२:०९