कांग्रेस केन्द्रीय सदस्यमा कुन्दन काफ्लेको सम्भावना कती ?

राकेश शिवाकोटी

नेपालको विद्यार्थी आन्दोलन र परिवर्तनको नाम हो, कुन्दन राज काफ्ले। नेपाल विद्यार्थी संघबाट आफनो राजनीतिक जीवन शूरु गरेका काफले नेविसंघमा केन्द्रीय सदस्य , कोषाध्यक्ष हुँदा गएको निर्वाचनममा महामन्त्रीमा सबैभन्दा बढी मतका साथ विजय भएका थिए । नेपाल विद्यार्थी संघको महामन्त्री भएपछि नेता काफ्लेले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतीका विरुद्धमा निरन्तर सडक सघर्ष गरिरहे जसले गर्दा काफ्ले झन चर्चाको पात्र बने । महामन्त्री हुँदाको समय सधै विद्यार्थीका एजेन्डा, अन्याय, अत्याचार र देशमा ब्याप्त भष्टाचारको भण्डाफोर अभियानमा समय ब्यतीत गरेका काफ्लेले नेविसंघमा विधि र पद्धतिको पक्षमा निरन्तर वकालत गरिरहे । काफ्लेको राजनीतिक गतिशिलता देखेर डराएको कांग्रेस नेतृत्वले नेविसंघको तत्कालीन केन्द्रीय समिति भंग गर्यो । उमेर हदलाई देखाएर काफ्लेलाई नेविसंघको अध्यक्ष हुनबाट रोक्न कांग्रेसको नेतृत्व लागिपरेको दृश्य देखियो । विद्यार्थी राजनीतिबाट बाहिरिएसँगै काफ्ले यतीखेर कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी राजनीतिमा काम गर्ने मनस्थितीमा पुगेका छन् ।

कुन्दन काफ्लेको सम्भावना कती ?

कुन्दन काफ्ले विशेष गरि ०६२ /०६३ को जनआन्दोलनमा सबैभन्दा अग्र्रमोर्चामा रहेर लोकतन्त्र प्राप्तिको नेतृत्वमा रहे । राजा ज्ञानेन्द्र र कुकुरमा फरक छैन भनेर कुन्दनले प्रतिकात्मक आन्दोलनको नेतृत्व गर्दा प्रहरीले प्रक्राउ गरेर करिव तीन चार महिना जेलमा राखेको थियो । यदी आन्दोलन सफल नभएको भए काफ्ले आजीवन काराबास हुने थिए । लोकतन्त्र र विधीको शासनको लागि लामो समय सघर्षको मौदान नछाडेका कारण पनि काफ्ले कांग्रेस सदस्यमा विजयी हुने निश्चित प्राप्य छ । राजनीतिलाई जनताको सेवाभावले लिने काप्mलेको राजनीतिक यात्रा निकै उच्च छ । देशमा बसोबास गर्ने दलित र असशक्त मानिसहरुप्रति निरन्तर पुरापूरा ध्यान दिनु नेता काफ्लेको करुणभावको स्पष्ट उदाहरण मान्न सकिन्छ । सबैभन्दा ठूलो कुरा देशमा जनताले परिवर्तनको महसुस गर्न सक्नुपर्छ भन्ने मत निरन्तर राखिरहने काफ्ले कुशल संगठनकर्ताको रुपमा चिनिन्छन् । जसको उदाहरण ०६२/०६३ सालको जनआन्दोलन काफी छ । सो आन्दोलनमा कुशलतापर्वक नतृत्व गरेका काप्mले निरन्तर राजनीतिको केन्द्रविन्दूमा रहेर संगठन र जनताको सेवा गर्न अग्रसर भएर लागिरहेका छन् । इमानदारिताको कारण काफ्ले गृह जिल्ला दोलखामा कांग्रेसको गुमेको निष्ठा र कांग्रेसको गुमेको साखलाई विजयमा बदल्न सक्ने नेताको रुपमा दोलखाली जनता माझ परिचीत छ ।

No description available.

नेता काफ्ले क्रािन्त, आदर्श र परिवर्तनको जगमा ढृढतापूर्वक निरन्तर लागिरहेका छन् । संसारमा परिवर्तन देख्न चाहाने हामी आफै परिवर्तीत हुनुपर्छ भन्ने मान्यता राख्छन् नेता काफ्ले जसले सत्य, न्याय र कांग्रेसको आदर्श तथा ब्यवहारिक बाटो समातेका छन् जो अन्याय र अत्याचारको अन्धकार चक्रमा परेकाहरुको लागि ज्योतीको केन्द्र बनेर उदाएका छन् । युवा विद्यार्थीका पे्ररणदायी, आदर्श र विश्वसनीय पात्रको रुपमा स्थापीत नेता काफ्ले जनताप्रति उदारता र स्नेह राख्ने गर्छन । आगामी कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिले चेतना, विवेक गुमाउने छैनन भन्ने कुरामा म विश्वस्त छु ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १५:३१