जम्यो आकास र पुजाको जोडी: तेश्रो सिनेमा ‘पोई पर्यो काले’ मा अनुबन्धित

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा तेश्रो सिनेमाा पनि सँगै देखिने भएका छन् । दुई कलाकार नयाँ चलचित्र ‘पोई पर्यो काले’ मा अनुबन्धित भइसकेका हुन । नयाँ वर्षको अबसर पारेर आईतबार काठमाडौंमा एक समारोहबीच आकाश र पुजालाई यसका निर्देशक शिशिर राणाले यो नयाँ चलचित्रमा अनुबन्धित गर्नुभएको हो । चलचित्र ‘तिमी सँग’बाट निर्देशन यात्रा सुरु गर्नुभएको शिशिर राणाको यो दोश्रो चलचित्र हो । यसको लेखक पनि राणा आफै हुनुहुन्छ । निर्देशक राणाका अनुसार चलचित्रको कलाकार छनौट धमाधम भईरहेको र जेठको दोश्रो साताबाट छायाँकन शुरु हुनेछ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार २०:३४