युगान्डाको राजधानी कम्पालामा नेपालीले मनाए धुमधामका साथ तीज कार्यक्रम

कम्पाला : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युगान्डाले यहाँको राजधानी कम्पालामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज कार्यक्रम भब्य रुपमा मनाइएको हो । कार्यक्रममा युगान्डामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो। नेपाल बाहिर रहेर पनि नेपालीहरुले नेपाली सँस्कृति अनुसार नाच गान गरी धुमधामका साथ तीज मनाएका हुन्।

बेलुका ९ बजेदेखि शुरु भएको कार्यक्रम राती करिब १२ बजेसम्म चलेको थियो । तीज कार्यक्रममा संघका अध्यक्ष विनोद थापाले सहभागीहरुलाई स्वागत गर्दै नेपाली सँस्कृतिको संरक्षण गर्नका लागि बिदेशमा रहेर पनि संघले नेपाली परम्परालाई निरन्तरता दिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

महिला संयोजक बर्षाले निकै रोमाञ्जक ढंगले उद्घोष गर्नुभएको कार्यक्रममा ६३ जनाको सहभागीता थियो । । कार्यक्रममा पूर्व आइसिसी सदस्य जीवनाथ पंगेनी, पूर्व अधक्ष्य रमेश कंडेल, पूर्व अधक्ष्य राजमणि भण्डारी र समाज सेवी नरेन शर्माको पनि सहभागिता थियो ।

कार्यक्रममा नवनिर्वाचीत कोषाध्यक्ष सञ्जीव शर्मा, युवा संयोजक तेजेन्द्र बिवश, प्रकवात्त निमेष श्रेष्ठ, सदस्यहरु निक्कु, तेज खडकाको पनि उपस्थिति थियो । नेपाली तीजको गीतमा नाच गानको कार्यक्रम र सबै महिला दिदी बहिनीहरुलार्इृ दर समेत खुवाइएको संघका नवनिर्वाचीत अध्यक्ष बिनोद थापाले बताउनुभयो ।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार २२:०८