काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभयो ।

प्रधानमन्त्रीका पिताजी मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहनुभएको हुनाले प्रधानमन्त्री ओलीले बालुवाटारमा टिका नलगाउनुभएको हो । सो अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराको माला ग्रहण गर्नुभयो ।


प्रकाशित | १० कार्तिक २०७७, सोमबार १७:३६