मनमुरी कृषि बजारमा मनमुरी कृषी सहुलियत मिट मार्ट संचालन

काठमाडौ: कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटार विनायक वस्ती स्थित मनमुरी कृषी बजारमा मनमुरी कृषी सहुलियत मिट मार्ट स्थापना भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको अनुदान सहयोगमा मनमुरी कृषी सहकारी संस्थाले मनमुरी कृषि सहुलियत मिट मार्ट स्थापना गरेको हो।

कागेश्वरी मनोहरा नगरपालिकाको ८० प्रतिशत तथा सहकारी संस्थाको २० प्रतिशत लगानीमा मनमुरी कृषी सहुलीयत मिट मार्ट संचालनमा आएको हो ।

मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतले जिउंदा पशुपन्छी उपलव्ध गराउने तथा तिनका ताजा मासु सहुलियत दरमा विक्री वितरण गर्ने प्रमुख उद्देश्यले मिट मार्ट संचालनमा ल्याएको बताउनु भयो । उहाँले मिट मार्टमा नगरवासीको आकर्षण बढेको पनि बताउनु भयो ।

ताजा तथा गुणस्तरीय अर्गानिक मिटको लागि मनमुरी कृषि सहुलियत मिट मार्टमा सम्पर्क गर्न पनि अध्यक्ष बस्नेतले सबैमा आग्रह गर्नु भएको छ ।


प्रकाशित | २७ बैशाख २०७९, मंगलवार २१:०९