स्थानीय तहमा लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं : स्थानीय तहमका लागि लोकसेवा आयोगले प्रकाशित गरेको बिज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ । स्थानीय तहमा कर्मचारी माग गर्दै अयोागले बिज्ञापन गरेको हो । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगको छलफल गरेको थियो । समितिले छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले गरेको पछिल्लो विज्ञापन ऐनअनुसार भएको दावी गर्नुभएको थियो । मन्त्री पण्डितले आयोगले ९ हजारभन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन गरेको बताउनुभएको थियो । विज्ञापनले यसअघिको समानुपातिक समावेशीको व्यवस्थालाई उल्लंघन गरिएको भन्दै आलोचना हुँदै आएको थियो ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ११:०९