संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले संसद् विघटनको निननर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभएको छ ।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान रहेको उल्लेख गर्दै भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’


प्रकाशित | ५ पुष २०७७, आईतवार १२:०३