एनआरएनए अमेरिकाको हाइब्रिड बैठक : के-के भए निर्णय ?

टेक्सस – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा हाइब्रिड बैठक सम्पन्न भएको छ । बैठक संस्थाले विगतमा गरेका कामहरुको समीक्षा तथा भावी योजनाहरू तय गर्दै सम्पन्न भएको हो ।

वर्तमान कार्यकालको ६ महिना पश्चात् भौतिक रूपमा गर्न लागिएको बैठक कोरोना भाइरसको कारणले गर्दा हाइब्रिडमा गरिएको थियो। बैठकमा अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईंले एनसीसी तथा यस अन्तर्गत रहेका क्षेत्र र च्याप्टरहरुले विगतमा गरेका कार्यहरू तथा आगामी दिनमा गर्नु पर्ने कार्यक्रमहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष राजीव श्रेष्ठले संस्थाका आर्थिक गतिविधिहरुको बारेमा प्रकाश पार्नु भयो ।

सायद १३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

बैठकमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका अध्यक्ष बुद्धि सागर सुबेदीले सन् २०२२ भित्र एनआरएनए अमेरिकाको भवन निर्माणका लागि कार्यालय भवन खरिद गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले आफ्नो कार्यपत्रमा भवन खरिदलाई विशेष महत्त्व दिँदै ठोस रूपमा काम अगाडि बढाउने उल्लेख गर्नु भएको छ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्षहरु दिक्क्षा बस्नेत, सुमन थापा, विकास उप्रेती, गोपेन्द्र भट्टराई र दिलु पराजुली, महिला संयोजक सुन्दरी गुरुङ, युवा संयोजक त्रिभुवन पाण्डेले आफू मातहत रहेका समिति तथा टास्कफोर्सका गतिविधिहरुको जानकारी प्रदान गर्नु भएको थियो ।

सायद १२ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

त्यस्तैगरि, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, दक्षिण क्षेत्रीय संयोजक बादल भुजेल, पूर्व क्षेत्रीय संयोजक सम्मर बुढाथोकी, मध्य पश्चिम क्षेत्रीय संयोजक किरण बस्नेत, फ्लोरिडा च्याप्टर अध्यक्ष विकास देवकोटा, स्वास्थ्य समिति चेयर डा.प्रकाश श्रेष्ठ, विज्ञान तथा प्रविधि समिति चेयर डा. माधव पाण्डे, हेल्प डेस्क कमिटिका चेयर राज ढुंगाना, ब्लड डोनेशन कमिटिको चेयर विश्वराज बास्तोला, युवा कमिटी चेयर संदेश उप्रेती, विद्यार्थी समिति चेयर मिलन जङ्ग कटुवाल र नेपाली सामाग्री प्रबर्धन समिति चेयर दुर्गेश जुङ्ग कार्कीले आआफ्नो गतिविधिहरुको जानकारी गराउनु भएको थियो । बैठकमा सल्लाहकार सुभाष घिमिरेले संस्थाले ६ महिना बिचमा गरेका कार्यप्रति खुसी ब्यक्त गर्नु भएको थियो ।


प्रकाशित | १६ माघ २०७८, आईतवार १९:३६