कुँवर नेतृत्वको एनआरएनएद्धारा आइसीसी सदस्यमा ११ जना मनोनित

काठमाडौं । विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले आइसिसी सदस्यमा ११ जनालाई मनोनीत गरेको छ । केहि दिन अघि बसेको विभिन्न क्षेत्रबाट ११ जना आइसिसी सदस्य मनोनीत गरेको हो ।

आइसिसी सदस्यमा अमेरिकाज् क्षेत्रबाट रश्मी थापा (क्यानडा), शशी चन्द्र अधिकारी, पवन योञ्जन, भक्त भण्डारी, राम बाबु पाण्डे र सानु बाबु सिलवाल (अमेरिका) लाई मनोनित गरिएको छ ।

त्यस्तै मध्यपूर्व क्षेत्रबाट बिल गुरुङ (कतार) र कल्पना राई (युएई) मनोनित हुनु भएको छ । उता ओसिनिया क्षेत्रबाट दीपा राई र कुशल केसी (अस्ट्रेलिया) र बिपिन्द्र कोइराला (न्युजील्याण्ड) मनोनित गरिएको छ ।

अध्यक्ष कुँवरले बाँकी रहेका अफ्रिका, युरोप र एशिया प्यासिफिकमा संघको आगामी बैठकबाट आइसिसी सदस्य मनोनित गरिने जानकारी दिनु भयो । विधानमा २१ जना आइसिसी सदस्य केन्द्रीय पदाधिकारीले मनोनीत गर्न पाउँने ब्यवस्था छ ।


प्रकाशित | २४ बैशाख २०७९, शनिबार ११:५९