एनआरएन मध्यपूर्व र मलेसियाले वितरण गर्यो हावाहुरी प्रभावीतलाई राहत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ । एनआरएन आईसिसी सचिब डिबी क्षेत्रीको नेतृत्वमा गएको टोलीमा एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठलगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको हो ।

एनआरएन मध्यपूर्व र मलेसियाको टोलीले बाराको गाउँ–गाउँमा गएर झुल, टेन्ट र खानपिनका सामानहरु वितरण गरेको एनआरएन सचिब डिबी क्षेत्रीले जानकारी गराउनुभयो । एनआरएन मध्यपूर्व र मलेशियाका काठमाडौंमा रहेका पदाधिकारीले बाराका सम्बन्धित ठाउँका सरोकार वालाहरुको समन्वयमा राहत बितरण गरेको आईसिसी सदस्य गोर्खालीले बताउनुभयो ।

एनसिसी र अन्य संस्थागत हुने सबै सहयोग रकम सचिवालयको खातामा जम्मा गरिने र त्यो रकम आबश्यकता अनुसार एनआरएनएका केन्द्रीय पदधिकारीको बैठकले निर्णय गरेर मात्र निकासा हुने भए पनि यो सहयोग भने ब्यक्तीगत रहेको क्षेत्रीले बताउनुभयो ।

बिभिन्न एनसिसीहरुको उत्सहजनक र भाबनात्मक सहभागिताले आनन्दित तुल्याएको हुँदा सबै एनसिसी र आइसिसीका मित्रहरुको सहभागिताको आशा गरेको समेत क्षेत्रिले बताउनुभयो । एनआरएन टोलीले स्थानीय निकायका पदाधिकारीसँग सहकार्य गरि छलफलपश्चात उनीहरुको रोहबरमा राहत वितरण गएको हो ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार २२:११