सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, पाँच घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक – अबिरल बर्षाको कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार आज बिहान गएको पहिरोले लिदी गाउँका १३ घर पुरिएको,, केही थप घरहरु जोखिममा रहेको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएका छन् ।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । थप विवरण आउन बाँकी छ।


प्रकाशित | ३० श्रावण २०७७, शुक्रबार १०:३८