तीन दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना

काठमाडौं: तीन दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी ३ दिनसम्म मेघ गर्जनसहित वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेको हो । शुक्रबार पश्चिम, मध्य तथा पूर्व क्षेत्रमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशका पूर्वी र मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू भागमा आंशिक बदली रही पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हेर्नुहोस तीन दिनको मौमस पूर्वानुमान;-

जेष्ठ २५ गते (शनिबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ २६ गते (आइतबार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहने र पश्चिमी भू-भागका स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार ११:१९