नेपाल टेलिकमले भोलिदेखि ग्रुप म्यासेज सेवा सुरू गर्दै, कसरी प्रयोग गर्ने नयाँ सुविधा ?

काठमाडौं -नेपाल टेलिकमले भोलिदेखि ग्रुप म्यासेज सेवा सुरू गर्ने भएको छ ।

सेवा सुरू भएपछि कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश ९ग्रुप म्यासेज० पठाउन सक्नेछन् ।

भेलिदेखि सुरू गरिने यो सेवा कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनका अनुसार यो अफर अन्तर्गत दुई हजार, पाँच हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ ।

प्रति सन्देश ५० पैसामा त्यस्तो म्यासेज पठाउन सकिने नयाँ प्याकेजमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रूपैयाँ मात्र लाग्ने जानकारी पनि उनले दिएका छन् । त्यसैगरी दुई हजार ५०० मा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र रू। ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ ।

कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायत बारेमा पठाउने व्यक्ति स्वयम् पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि नचयगउकmक।लतअ।लभत।लउ लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामुहिक सन्देश पठाउनका लागि आफ्नो कन्ट्याक्टभा भएका नम्बरहरू एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

 


प्रकाशित | ७ कार्तिक २०७९, सोमबार १६:३३