सूर्यविनायकको चित्तपोल-नाला-सल्लाघारी- वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोड्ने सडकको शिलान्यास

भक्तपुर : संघीय सरकारबाट विनियोजित ६ करोड रुपैयाँको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोडने सडक विस्तार र कालोपत्रको शिलान्यास भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एक कार्यक्रमकाबीच सो सडकको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्नुहुँदै सांसद बस्नेतले भक्तपुरमा सडकको लागि मात्र करिब ५६ करोड रुपैंया ल्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासदुेव थापा, वडाध्यक्ष शिवराम राउतलगायतका जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

भक्तपुरमा संघीय सरकाबाट ५ करोड भन्दा बढी लागतमा निर्माण शुरु भएका १० सडकहरु रहेको छन् । जसमा चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुदै अरनिको राजमार्ग जोडने सडक, ध्याम्पेडाँडा हुँदै रानीकोट जाने सडक, चारदोवाटो देखी बालकोट जोने सडक, बालकोट हुँदै सिरुटार – विरुवा सडक, खहरेबाट गुण्डु बसर्पाक सडक, गुण्डुको तिनधारे हुँदै वडा कार्यालय जाने सडक, लोगो गार्मेनहुँदै कृषि तालिम केन्द्र जाने सडक, दधिकोट तर्खागाल जाने सडक, ज्योती लिङ्गेश्वर हुँदै झौखेल जाने सडकलगायतका रहेका छन् ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार १०:५७