मैत्रीपुर्ण खेलमा ब्राजिलसँग कतार पराजित

एजेन्सी: मैत्रीपुर्ण खेलमा ब्राजिलले कतारलाई पराजित गरेको छ ।  बिहिबार बिहान भएको खेलमा ब्राजिलले कतारलाई २–० ले हराएको हो ।  २१ औ मिनेटमा गम्भिर चोट बोक्दै नेयमार मैदान बाहिरिन बाध्य भए ।कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले एसियन कप च्याम्पियन कतारसंग मैत्रीपुर्ण म्याच खेलेको थियो ।

पेरिस सेन्ट जर्मेन पीएसजी स्टार नेयमारको फिटनेशले ब्राजिललाई चिन्तित बनाएको थियो । तर २१ औ मिनेटमा खुट्टाको तल्लो भागमा चोट लागेपछि उनी आँशु झार्दै मैदान बाहिरिएका थिए । ब्राजिलले सुरुवातमै कतारविरुद्व गोल निकाल्न सफल भएको थियो । रिचर्डलिसनले १६ औ मिनेटमा ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाएका थिए ।

मैत्रीपुर्ण खेल अघि कतारले लगातार सात खेल जितेको थियो । नेयमार चोट ब्यहोर्दै मैदान बाहिरिए पनि त्यसले ब्राजिललाई कुनै हानी गरेन । ब्राजिललाई अब नेयमारको चोटको अवस्थाको प्रतिक्षा रहनेछ । ब्राजिलले घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचाल्ने योजना बनाएको छ । उसले प्रतियोगिता अघि घरेलु मैदानमा होन्डुरससंग अभ्यास खेल खेल्नेछ । ब्राजिलले जुन १४ मा बोलिभियासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार १०:२२