सत्तारुढ गठबन्धनलाई महेश बस्नेतको २३ प्रश्न

भक्तपुर – एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले सत्तारुढ गटबन्धनलाई २३  प्रश्न गर्नु भएको छ । विभिन्न विषय उठाउँदै नेता बस्नेतले २३  प्रश्न गर्नु भएको हो । नेता बस्नेतले सामाजीक सञ्जालमा ब्यक्त गर्नु भएको भनाई जस्ताको तस्तै :-

छ महिना अगाडि सर्वोच्च अदालतको आडमा परमादेश पाएर पाँच दलीय गठबन्धनरुपी देउवा सरकार बनिरहदाँ मित्रहरुको ठूलो गर्जन थियो यो सरकारलाई गल्ति गर्ने छुट छैन, संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने एमाले सरकारको घोषणाले प्रतिगमन भयो, संविधान मिचियो, यो सरकारले सच्याउने छ, ओली बिकास महत्वकांक्षी भयो, भ्रष्टाचार बढ्यो, अब हामी जनचाहनाको बिकास दिन्छौं, भ्रष्टाचार गर्दैनौं, आहा प्रधानमन्त्रीको कुर्सीमा देउवा कति सुहाएका, ओलीलाई त पटक्कै सुहाएको थिएन। छ महिना पछाडी आज आम नागरिक र बुद्धिजीवी बर्गले सरकारलाई यी प्रश्न गरिरहेका छन्

१. सरकारको भिजन, मिसन, उद्देश्य र गति हिजोभन्दा अग्रगामी छ त श्र

२. किन न्यायालय निकम्मा र सेटिङमा चल्दैछ ?

३. हिजोको सबल अर्थतन्त्र आज किन ध्वस्त हुदैछ त ?

४. खेलकुदका गतिबिधि किन शून्य छन ?

५. शेयर बजारको अवस्था झन बिग्रिएको छ किन ?

६. स्वास्थ्यको क्षेत्रमा भद्रगोल छ, खोप थन्केर बसेको छ, मन्त्रीले २४ लाख खोप अनियमितता गरे भन्ने खबर आएको छ, पछिल्लो कोरोना भेरियन्ट ओमिक्रोन नियन्त्रण भन्दा बाहिर जाँदैछ किन प्रभाबकारी कदम चालिएन त ?

७. प्रदेश सरकारहरु मन्त्रालय थप्ने र सुख सुबिधामा रमाउने कुरामा किन ब्यस्त भए ?

८. मूल्यवृद्धि दिन दिनै बढदो छ, रोक्न कुनै कदम चालिए त ?

९. राष्ट्रिय स्वाधिनताका पक्षमा र वैदेशिक हस्तक्षेप हेपाहा प्रवृत्तिको बिरोधमा किन चुक्क बोल्न नसकेको ?

१०. नसकेका राष्ट्रिय गौरवका ठूला विकासका आयोजना र साना भन्दा साना आयोजना किन अलपत्र छन ?

११. पूँजीगत खर्च हिजो लकडाउन हुँदा पनि १२ प्रतिशत थियो आज किन ५ दसमलव ८ प्रतिशत भदा बढन सकेन् ?

१२. चार महिनामा ब्यापार घाटा किन साढे सात खर्ब भयो ?

१३. रेमिट्यान्सको आम्दानी कहाँ गयो ? हिजो फर्मल तिर गैरहेको इकनोमि फेरी हुण्डिको बाटो समाउन बाध्य किन भयो ?

१४. हिजो ७ प्रतिशत ब्याजमा सफ्टलोन पाइने थियो, आज १५ १६ प्रतिशत ब्याज तिर्दा पनि लोन नपाउने स्थिति किन बन्दैछ ?

१५. बिजुली बत्ती अनियमित र भद्रगोल भएको छ, जल विुद्युतका नयाँ परियोजना अलपत्र छन किन ?

१६. नेपाल आयल निगम किन घाँटामा गयो ? ट्रोलियम पदार्थको मूल्य किन दिनानुदिन बढदैछ ?

१७. हिजो आफैले भ्रष्टाचारका आरोप लगाएकालाई कानूनी दायरामा ल्याउन किन नसकेको त ?

१८. वाइडबडी, बालुवाटार ललितानिवास, यती, ओम्नीका मुद्दाका दोषीलाई कारवाही किन गर्न नसकेको त ?

१९. अहिले कालापानी क्षेत्रमा भारतले सडक बिस्तार गरिरहदा कुटनैतिक पहल गर्ने र कुटनैतिक नोट जारी गर्न किन नसकेको ?उल्टो अघिल्लो सरकारकै नेतृत्वमा कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा संविधानको अङ्ग बनिसकेको अवस्थामा जमिन फिर्ताका लागि कुनै कुटनैतिक पहल लिन किन नसकेको ?

२०. भूमिहीन किसानहरुलाई जमिन बाड्ने अघिल्लो सरकारले बनाएको आयोग भङ्ग गरेर गरिबको सपनामा किन लात्त हानेको ?

२१. अघिल्लो सरकारले नियुक्ति गरेका राजदुत र राजनैतिक नियुक्ति आग्रहका आधारमा बदर गरेर राष्ट्रिय अन्तराष्ट्रिय छवी किन धुमिल बनाएको ?

२२. सदन बेकम्मा बनाएर एमाले सक्न र फोर्न अध्यादेश ल्याएर ब्यवस्थापिका सदनलाई किन बेकम्मा बनाएको रु सदन चलाउन नसक्ने हो भने अर्लि इलेक्सनमा किन जान नसकेको रु

२३. आगामी बैशाख २१ गते सम्म गर्नु पर्ने स्थानीय तहको चुनाव नगरी फेरी २०५९ सालको झै प्रतिगमनको बाटोमा किन हिड्न खोजेको ?

यदि यि सबै प्रश्नको उतर गठबन्धन सरकारले दिन नसक्ने हो भने ६ महिना अगाडि ओली सरकारलाई लगाएको आरोप आफै तिर फर्कनेछ र जनताले आँउदो चुनावमा त्यस्को उचित जवाफ दिने छन । एमाले सत्तामा जानेछ गठबन्धन अलपत्र हुनेछ ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १४:५८