विप्लवका ५४० नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं : सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्ता पक्राउ परिसकेको जनाइएको छ । प्रहरीका अनुसार वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट सो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ गरिएको हो । पछिल्लो समय विप्लवका गतिविधीमाथि प्रतिवन्ध लगाएपछि धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रहरीको रेर्कडअनुसार वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ। पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडिएको र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १४:२५