विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी कब्जामा लिएको छैन: गृह मन्त्रालय

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा प्रहरी चौकी आक्रमणको प्रयास भएको समाचारप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृहमन्त्रालयले  आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएको छ । ‘विप्लव समूहले आक्रमण प्रयास गरेका छैनन्, यो हल्ला मात्रै हो’ , गृह प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो ।

समाचारमा जनाइएअनुसार गए राति १२ बजेको समयमा विप्लव समूहका झण्डै ३० जना कार्यकर्ता हतियारसहित प्रहरी चौकीमा पुगेका थिए । चौकीमा रहेका ७ जना प्रहरी सुरक्षित ठाउँमा गएपछि विप्लव कार्यकर्ता बिहान झण्डै ३ बजेसम्म प्रहरी चोकी आसपासमा रहेको बताइएको छ । । अहिले सोलुखुम्बुका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा रहेको छ । प्रहरीले घटनाको पुष्टि भने गरेको छैन ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १६:३५