नागरिकता विधेयक पारित भएपछि कुँवरले भने-एनआरएनलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्न बाटो खुल्यो

काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले संसदबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गरेको छ ।

संघका अध्यक्ष कुँवरले गैर आवासीय नेपाली नागरिकता दिने गरि शुक्रबार प्रतिनिधिसभाबाट विधेयक पारित हुनुले गैर आवासीय नेपालीहरुलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्ने वातावरण बनेको बताउनु भयो ।

कुँवरले गैर आवासीय नेपालीहरुले नागरिकता पाएसँगै विदेशमा रहेका दोस्रो पुस्तालाई नेपाल प्रतिको माया बढेर आउने र गैर आवासीय नेपालीले आफ्नो लगानी सुरक्षी गर्न र प्रवासमा आर्जन गरेको ज्ञान, सिप स्वेदशमा भित्याउन सहज हुने पनि बताउनु भयो ।

साथै उहाँले लामो समयदेखि विदेशमा रहेर पनि विदेशी नागरिकता नलिई नेपाली नागरिकता नै लिएर बसेका अग्रज प्रोफेसर तथा बृद्धिजीवीहरुलाई नेपाल फर्कन बाटो खुलेको भन्दै खुसी ब्यक्त गर्नु भयो ।

अध्यक्ष कुँवरले नागरिकता विधेयक पारित गर्न सहयोग गर्ने नेपाल सरकार, राजनैतिक दलहरु र गैर आवासीय नेपाली संघका अग्रज अभियन्ताहरुप्रति धन्यवाद पनि ज्ञापन गर्नु भएको छ ।


प्रकाशित | ६ श्रावण २०७९, शुक्रबार २२:२०