लोकसेवा आयोगले भन्यो: स्थानीय तहको कर्मचारी भर्ना विज्ञापन कानुन सम्मत

काठमाडौंः लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना विज्ञापन कानुन सम्मत भएको बताएको छ । लोकसेवा विज्ञापनको विषयलाई लिएर विभिन्न विवाद भइरहँदा कर्मचारी भर्ना विज्ञापन कानुन सम्मत भएको बताएको हो । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको दावी गरेको हो ।

स्थानीय र प्रदेश सरकारबाट माग भएका कर्मचारी संघीय सरकारमार्फत अनुरोध भएपछि माग भई आएका पदका लागि आफुहरुले विज्ञापन आव्हान गरेको उहाँले स्पष्ट पार्नुभएको छ । आयोगले संविधानको धारा २ सय २७ , २ सय २६ र २ सय ८५ विरोधाभासपूर्ण भएको भन्दै आयोगमाथि टिकाटिप्पणी गर्नु भन्दा कानुन संसोधन गर्न सुझाव समेत दिएको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १२:२६