वायर्न लगातार सातौं पटक च्याम्पियन

एजेन्सी:  वायर्न म्युनिखले यस सिजनकाे जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टलाई ५-१ गोल अन्तरले पराजित गर्दै वायर्न च्याम्पियन बनेको हो ।योसंगै वायर्नले लगातार सातौं सिजन बुन्डेस लिगाको उपाधि उचालेको छ ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान,डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क रिबेरी र आर्जेन रोबेनले एक एक गोल गरे । फ्रान्कफर्टका सेबास्टीयन हाल्लरले एक गोल फर्काए । फ्रान्कफर्टलाई पराजित गरेसंगै वायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । र, बोरुसिया डर्टमण्डलाई २ अंकले पछि बनाउदै वायर्नले उपाधि हात पार्यो । दोस्रो स्थानमा रहेको डर्टमण्डको ७६ अंक रह्यो । डर्टमण्डले अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडवाचलाई २-० ले हरायो ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०७:५२