कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवक पक्राउ

काठमाडौं : कोरोना भाइरससम्बन्धी अडियो बनाई सामाजीक सञ्जालमाअफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अफवाह फैलाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रक्राउ गरेको हो ।

रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै आएका थिए। नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडियो बनाएका थिए। उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १६:३३