कागेश्वरी मनोहरा नगरपालिकाले फागुन ११ गते प्रथम बिज्ञान प्रदर्शनी आयोजना गर्ने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले नगरस्तरीय प्रथम बिज्ञान प्रदर्शनी आयोजना गर्ने भएको छ । फागुन ११ गते आदर्श माद्यामिक बिद्यालय,भद्रवासमा विज्ञान प्रदर्शनी आयोजना हुने भएको हो ।

यो प्रदशनीमा कागेश्वरी मनोहरा नगरपालिका भरिका सामुदायिक र संस्थागत बिद्यालय गरि करिव ८० वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले बनाएको बिज्ञान सम्बन्धि प्रोजेक्टहरु बीच प्रतिस्पर्धा गराइनेछ ।

सामुदायिक बिद्यालय र सस्थागत बिद्यालयका परियोजनाहलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइ छुट्टाछुट्टै पुरस्कृत गरिने प्रदर्शनीमा मुख्य रुपमा बिद्यालय बिज्ञान पाठ्यक्रममा आधारित बिभिन्न विधामा विद्यार्थीले बनाएका सामग्रीहरु प्रदर्शन गरिने छ ।

विज्ञ मुल्यांकन समिति मार्फत मुल्यांकन गराई उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई क्रमश प्रथम हुनेलाई नगद २० हजारसहित प्रमाण पत्र , द्वितीय हुनेलाई नगद १५ हजारसहित प्रमाणपत्र ,तृतीय हुनेलाई नगद १० हजारसहित प्रमाण पत्र, सान्त्वना हुनेलाई नगद ५ हजारसहित प्रमाण पत्र पुरस्कार प्रदान गरिने नगरपालिकाको जनाएको छ ।


प्रकाशित | १ फाल्गुन २०७९, सोमबार १९:४५