नेयमारको गोलमा पीएसजीको बराबरी

एजेन्सी : फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नाइससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति भएको खेलमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका हुन् । खेलमा अग्रता नाइसले खेलको ४६ औ एग्राटियस गनागोको गोलबाट लिएको थियो । ६० औ मिनेटमा पीएसजी नेयमारको गोलबाट खेलमा फर्किएको थियो ।

खेलको अन्तिममा इडिनसन काभानी पेनाल्टीमा चुक्दाँ पीएसजी जित निकाल्न असफल रह्यो । विश्व फुटबलका स्टार खेलाडीले भरिएको पीएसजीले पछिल्ला सात खेलमा मात्र एक जित दर्ता गरेको छ । दुई हप्ता अगाडीनै लिग उपाधि जितेको पीएसजीको ८५ अंक छ । नाइस ५२ अंक सहित सातौ स्थानमा छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०६:३१