अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको धरौटी बुझाएर रिहा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँको बैंक ग्यारेटीको धरौटी बुझाएर रिहा भएका छन्। पाठक नेपाल ब‌ंगलादेश बैंकमार्फत ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर धरौटीमा छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई बुधबार ७८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विशेष अदालतको आदेश लगत्तै पाठकले नेपाल बंगलादेश बैंकमा बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्। नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो । कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १९:३०