मंगलबार सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ४ सयमा कारोबार


काठमाडौँः नेपाली बजारमा सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८५० निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने केहि दिन देखि नै स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार ११:३६