प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग २

बाँचिरहे चाडवार्ड, आउँछ अर्को साल हजुर ।
जानी जानी नबोलाउँ, निर्दयी त्यो काल हजुर ।

आफनै लापरवाहीले नि, गुम्न सक्छ मानव चोला ।
हर्ष उल्लास भन्दा अहिले, जिवनकै छ सवाल हजुर ।

झन झन बढी फैलिराछ, कोरोनाको महामारी ।
अटेर गरि नियम मिचे, हुन सक्छ बिहाल हजुर ।

आफनै घर छिमेक, भन्दै माइती मावलिमा ।
फस्नु हुन्न कोही कसैको, भित्र मायाजाल हजुर ।

राम राज्यको कुरै छोडौं, सुशासन हराइ गयो ।
आज भोलि सरकारकै, छैन निको चाल हजर ।।

कालिञ्चोक गाउँपालीका-८, सुनखानी, दोलखा


प्रकाशित | २९ कार्तिक २०७७, शनिबार ०६:५४