म्यानचेस्टर डर्बीमा युनाईटेडसँग सिटीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको दोस्रो म्यानचेस्टर डर्वीमा युनाईटेडसँग सिटी स्तब्ध भएको छ । शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २-१ गोल अन्तरले हराएको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८२ औं मिनेटमा मार्कोस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले १८ खेलमा ३८ जोडेर तेस्रो स्थानमा रहेको छ भने सिटी ३९ अंक जोडेर दोस्रो स्थानमा कायम रहेको छ ।


प्रकाशित | ३० पुष २०७९, शनिबार २०:२४