राजधानी र नामाकरण नटुंग्याएसम्म कांग्रेसले प्रदेश ३ को प्रदेशसभा चल्न नदिने

हेटौंडा: नेपाली कांग्रेसका सांसदहरुले प्रदेशको राजधानी र नामाकरणको विषय छिटो टुंग्याउन माग गर्दै प्रदेश सभा अबरुद्ध गरेका छन् । राजधानी र नामाकरणको विषय संसदमा नआएपछि कांग्रेसले संसद अवरुद्ध गरेका हुन । दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको थियो ।

नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेश सभामा नेकपाले राजधानी हेटौडा र नाम बागमती राख्ने तयारी गरिरहेको बुझिएको छ । यसको केहि दिनमै नेकपाले पार्टी बैठकबाट टुंग्गो लगाएर प्रदेशसभामा सर्कुलर हुनेछ । नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राजधानी र नामाकरण सहमतीकै आधारमा टुंगो लाग्ने बताइसक्नुभएको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार २०:२८