ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको जानकारी गराउनुभयो ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १७:२९