चलचित्र ‘जात्रै जात्रा’को तेस्रो हप्तामा पनि आक्रामक व्यापार

काठमाडौँ: तेस्रो हप्तामा आइपुग्दा पनि चलचित्र ‘जात्रै जात्रा’ले आक्रामक व्यापार गरिरहेको छ । जेठको ३ गतेबाट रिलिज भएको चलचित्रको ब्यापार अहिले पनि आक्रामक रहेको हो । यसले मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको छ । काठमाण्डौको क्यूएफएक्स चेनमा यो चलचित्रले भोली शुक्रबार २१ शो पाएको छ । यो चलचित्र रिलिजको पहिलो शुक्रबारको भन्दा २ शो बढी हो ।

भोलीबाट ३ नयाँ नेपाली चलचित्र रिलिज हुने भएतापनि क्यूएफएक्समा ‘कुम्भ करण’ले ३ शो पाउनु बाहेक अरु चलचित्रले शो नै पाएका छैनन् । यसैले यसको प्रत्यक्ष फाइदा ‘जात्रै जात्रा’लाई भएको छ । फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १६:३८