मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन १० सदस्यीय नेपाली टोलीसहित नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाजमार्फत बिहीबार दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । ओलीले साँझ हुने मोदीको सपथ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ भने शुक्रबार बिहान प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १४:२९