मेगा बैंकले गर्यो एकै वर्षमा एक अर्ब ७१ करोड ९३ लाख मुनाफा

काठमाडौं : मेगा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको हो । सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप रु ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएको छ ।

खुद कर्जा तथा सापट्टी रु ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्शन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार ५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।


प्रकाशित | २९ श्रावण २०७६, बुधबार १७:४६