सरकारी कर्मचारीको तलब २० प्रतिशत बृद्धि

काठमाडौं : सरकारी कर्मचारीको तलब तीन वर्षपछि वृद्धि भएको छ । सरकारी कर्मचारीको तलब २० प्रतिशतले वृद्धि भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो । बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल) का कर्मचारीको तलब २० प्रतिशत बृद्धि भएको छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढेको छ । त्यस्तै, सरकारले शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढाएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १९:४२