बजेट २०७६/७७ : छात्रालाई स्यानिटरी प्याड निःशुल्क

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा सामृदायिक विद्यालयमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड वितरण गर्न बजेट छुट्याइएको छ । सरकारी विद्यालयको पूर्वाधार निर्माण गर्नका लागि सरकारले यो वर्ष आठ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । सामुदायिक विद्यालयको पूर्वाधार व्यवस्थित बनाउनका लागि सरकारले उक्त रकम विनियोजन गरेको छ । सरकारले आगामि आर्थिक वर्ष ७० जिल्ला पूर्ण साक्षर घोषणा गर्ने जनाएको छ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरेर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १६:३६