काठमाण्डौ: चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको छ । गत २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको हो । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो । खासा पठाएको कन्टेनर बुधबार काठमाण्डौ आइपुग्नेछ । ऊन बोकेका ती ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ ।
प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १३:४६