काठमाडौं घटनाको क्षतिबारे सत्यतथ्य जनतामा ल्याउँछौ : विप्लव (बिज्ञप्तिसहित)

काठमाडौं : नेकपा महासचिव विप्लवले काठमाडौँमा भएको विस्फोटको घटनामा भएको क्षतिबारे सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यी सबै घटनाको मुख्य दोषी वर्तमान सरकार भएको भन्दै विस्फोटको घटनामा भएको क्षतिबारे सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी महासचिव विप्लवले सोमबार एक वक्तव्य प्रकाशित गर्दै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने बताउनुभएको छ । महासचिव विप्लवले कम्युनिस्टका नाममा ‘केपी पीके कम्पनी’ले नेपालमा फासीवादको अभ्यास गरिराखेको आरोप लगाउनुभएको छ ।

उहाँले दमनकै क्रममा नेकपा युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को जेठ ७ गते भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोद्रेमा निशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरेको बताउनुभएको छ । ‘सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउँछ’, बिज्ञप्तिमा भनीएको छ, ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार २१:५०