करेन्ट लागेर ११ वर्षीय बालकको ज्यान गयो

रुकुम पश्चि: जिल्लाको मुसिकोट १३ छिबाङ्गमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । खेल्दा खेल्दै बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर ११ वर्षीय बालक केशव परियारको ज्यान गएको हो । करेन्ट लाग्दा घटनास्थाल मा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिनुभयो।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १८:३९